ग्वार्कोमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ग्वार्कोमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुर। ललितपुरको ग्वार्कोमा हिजो बेलुकी स्कारपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।  उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);