बाँकेमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाँकेमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहेका छन् । उनी ईलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भइ अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत थिए । 

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८१  १९ नम्बरको स्कारपियो जिपले घर बिदा सकाएर कार्यालय तर्फ फर्किदै गरेका थारु सवार भे ५ प ७१ ५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिप सहित चालकलाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);