बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु 

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा हिजो सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।

गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल  पु¥याएलगत्तै  चिकित्सकले मृत्त घोषणा गरेका थिए । हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी साधनले पैदलयात्री ठक्कर दिई फरार भएको हो ।  सवारी साधन सहित फरार रहेका चालकको खोजी भैरहेको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);