धनुषामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनुषामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषाको विदेह नगरपालिका–६ एकराहीमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको । सोही घटनामा दुई जना साइकलयात्री घाइते भएका छन् ।

मृत्यु हुनेमा पैदलयात्री स्थानिय अन्दाजी ४० वर्षीय हरी चन्द्र खत्वे मण्डल रहेका छन् । उनको घटनास्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका साइकलयात्रीद्धय सोही ठाउँका ४२ वर्षीय कुल्दिप महरा र ४० वर्षीय दिपु महराको जनकपुर स्थित रामजानकी अस्पतालमा उपचार भईरहेको छ ।

शनिबार बेलुकी पौने ९ बजे जनकपुरबाट एकराहीतर्फ आउँदै गरेको भारतीय नम्बरको जिपले पैदलयात्री सहित साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक प्रहरी चौकी गिद्धा धनुषाको नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);