रौतहटमा ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रौतहटमा ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

रौतहट। रौतहटको दुर्गाभगवती गाँउपालिका–२ भलोहीमा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही स्थान बस्ने अन्दाजी ७० बर्षीय किशोर ठाकुरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको शिवदर्शन अस्पतालमा राती ९ बजे मृत्यु भएको हो । सुकदेवचोकबाट गंगापिप्रा तर्फ आउदै गरेको ना३त ५३७० नम्बरको ट्रयाक्टरले सडकको छेउमा बसिरहेका ठाकुरलाई हिजो बेलुकी पौने ९ बजे ठक्कर दिएको थियो ।

ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गंगापिपराले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);