१८ वर्षदेखि अलपत्र बाग्लुङको कभर्ड हल निर्माणले गति लिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

१८ वर्षदेखि अलपत्र बाग्लुङको कभर्ड हल निर्माणले गति लिँदै

सुवास आचार्य
बाग्लुङ, १० भदौ ।
डेढ दशक पहिलेदेखि अलपत्र रहेको बाग्लुङको कभर्डहलको कामले गति लिने भएको छ । टुक्रे बजेटका कारण १८ वर्ष अघिदेखि अलपत्र परेको कभर्डहलले पछिल्लो समयमा तीब्रता पाउन थालेको हो । कोरोना कहरबीच कभर्डहल निर्माण कार्यले निरन्तरता पाएसँगै जनताले निर्णय कार्य सम्पन्न हुनेमा विश्वास गर्न थालिएको छ ।

बाग्लुङको बाग्लुङ नगरपालिका-१ बाङ्गैचौरमा विगतमा १८ वर्षअघि निर्माण थालनी भएको तेक्वान्दो कभर्डहल अलपत्र रहेको थियो । तर, अहिले त्यसको पूर्णताका लागि काम थालनी भएको छ । तत्कालीन जिल्ला विकास समितिको सहायोगमा सुरु भएको हल निर्माणकार्य विगतमा टुक्रे बजेटको कारण अभाव हुँदा अलपत्र परेको थियो । अहिले तेक्वान्दो कभर्डहललाई तत्कालीन जिल्ला विकास समिति, बागलुङ नगरपालिका, खेलकुद मन्त्रालय र वैदेशिक रोजगारीमा रहेका खेल प्रेमीहरुको सहयोग गरी करिब ८४ लाख लागतमा कभर्डहललाई पूर्णता दिन लागिएको हो ।

कभर्डहल सम्पन्न भएपछि राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न र जिल्लामै राष्ट्रियस्तरका खेलाडी तयार गर्न सहज हुने भएकोछ । कभर्डहलमा खेलको लागि स्टेज बनाउने काम सकिएको छ । शौचालय लगायतका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कभर्डहल निर्माण भएपछि यसले बाग्लुङको खेलकुद विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

डेढ रोपनी क्षेत्रफलमा तयार भएको कभर्डहल ७८ फिट लम्बाइ र ७२ फिट चौडाइ तथा १५ फिट उचाई रहेको छ । बाग्लुङ सदरमुकाममा बनेको कभर्डहल निर्माण संगै यसले तेक्वान्दो खेलाडीमा नयाँ उत्साह थपिने विश्वास गरिएको छ ।

कभर्डहलको बाह्य र भित्रि संरचना बनाउने कार्य सकिएको छ । भवन रंङ्ग रोगन र विद्युुत जडान गर्ने काम मात्रै बाँकी रहेको छ । सबै काम सकिएपछि केही महिना भित्रै कभर्डहल सञ्चालनमा आउने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);