इंग्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम टेस्ट क्रिकेट बराबरीमाः सिरीज इंग्ल्याण्डको पक्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इंग्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम टेस्ट क्रिकेट बराबरीमाः सिरीज इंग्ल्याण्डको पक्षमा

एजेन्सी, १० भाद्र । इंग्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम तथा तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ ।

मंगलबार राति साउथह्याम्पटनको द रोज बलमा भएको टेस्टको अन्तिम दिन दोस्रो इनिङ्समा पाकिस्तानले ४ विकेट गुमाएर १ सय ८७ रन बनाएपछि बराबरीमा सकिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन बनाउँदै पारीको घोषणा गरेको थियो ।

खेलमा इंग्ल्यान्डका लागि ज्याक क्रोलीले दोहोरो शतक बनाए । उनले २ सय ६७ रन बनाएका थिए । यस्तै जोस बट्लरले १ सय ५२ रन बनाउँदा क्रिस वोक्सले ४० तथा डम बेस २७ रनमा अविजित रहे ।

पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २–२ विकेट लिएका थिए । पहिलो पारीमा २ सय ७३ रनमा अल आउट भएपछि पाकिस्तान फलोअनमा परेको थियो । उसका लागि अजहर अलीले अविजित रहदै १ सय ४१ रन बनाए भने बाबर आजमले ६३ रन बनाए । तर बाँकी खेलाडी एकपछि अर्काे रुपमा आउट भए । इंग्ल्यान्डका जेम्स एन्डरसनले २ विकेट लिए ।

अन्तिम खेल बराबरीमा सकिएसँगै इग्ल्याण्डले तीन टेष्टको सिरीज एक शुन्यले जितेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);