भारत र इङ्ल्यान्डबिचको पाँचौँ टेस्ट क्रिकेटको पहिलो दिन दुवै टोलीको गरी कुल ११ विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारत र इङ्ल्यान्डबिचको पाँचौँ टेस्ट क्रिकेटको पहिलो दिन दुवै टोलीको गरी कुल ११ विकेट

फागुन २४ भारत र इङ्ल्यान्डबिचको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो दिन बिहीबार दुवै टोलीको गरी कुल ११ विकेट खसेको छ ।

भारतको धर्मशालामा टस जिती पहिले पहिले ब्याटिङ रोजेको इङ्ल्यान्ड पहिलो पालीमा केवल दुई सय १८ रन बनाउँदै अलआउट भएको छ । इंग्ल्याण्ड पहिलो दिनको तेस्रो सेसनमै २ सय १८ रनमा अलआउट भएको हो ।

इ०ग्लयान्डलाई सस्तोमा समेट्न भारतका कुलदीप यादवले ५ तथा रविचन्द्रन आश्विनले ४ विकेट लिए । एक विकेट रविन्द्र जडेजाको नाममा रह्यो ।

इंल्याण्डका लागि ओपनर ज्याक क्रलीेले एक सय आठ बल खेल्दै ७९ रन बनाए । यस्तै जोनी ब्रीस्टोले २९, वेन डकेटले २७, जोए रुटले २६, बेन फोक्सले २४, सोयब बसिरले नटआउट ११ र ओली पप ११ रन बनाए ।

जवाफमा भारतले पहिलो दिनको खेल सकिँदासम्म एक विकेट गुमाएर एक सय ३५ रन बनाएको छ । भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाल ५७ रन बनाउँदै आउट भए ।

अर्का ओपनर रोहित शर्मा ५२ र सुभमन गिल पनि २६ रन बनाउँदै क्रिजमा छन् । इङ्ल्यान्डका बलर सोएब बसिरले एक विकेट लिएका छन् । भारतले एक खेलअघि नै इंल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खला जितिसकेको छ ।

चौथो टेस्टमा पाहुना टोलीलाई ५ विकेटले हराउँदै भारतले शृङ्खला जितेको हो ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);