भारतविरुद्धको टेष्टमा न्युजिल्याण्डलाई अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

भारतविरुद्धको टेष्टमा न्युजिल्याण्डलाई अग्रता

india vs nz test

एजेन्सी, १० फागुन । भारतविरुद्ध २ मध्ये पहिलो टेष्ट क्रिकेटमा घरेलु टिम न्युजिल्याण्डले पहिलो इनिङ्समा अग्रता लिएको छ । न्युजिल्याण्डको वेलिङटनमा शनिबार दोस्रो दिनको खेल सकिदा न्युजिल्याण्डले ५१ रनको अग्रता बनाएको छ ।

भारतलाई पहिलो इनिङमा १ सय ६५ रनको सामान्य योगफलमा आउट गर्दै न्युजिल्याण्डले दोस्रो दिनको खेल सकिदा ५ विकेट गुमाएर २ सय १६ रन बनाएको छ । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सन ८९ रन बनाए । रोस टेलरले ४४ र टम ब्लुनडेलले ३० रन बनाए । भारतका इशान्त शर्माले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ६५ रन जोड्न सक्यो । ५ विकेटको क्षतिमा १ सय २२ रनबाट शनिबार दोस्रो दिनको खेल थालेको भारतका अजिंका रहानेले ४६, मायांक अग्रवालले ३४ रन जोडे । न्युजिल्याण्डका टिम साउथी र केली जेमिसनले ३–३ विकेट लिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);