वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेस्टको क्रिकेट श्रृखला न्युजिल्याण्डको कब्जामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेस्टको क्रिकेट श्रृखला न्युजिल्याण्डको कब्जामा

एजेन्सी, २९ मंसिर । घरेलु टोली न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेस्ट क्रिकेट श्रृखला २–०बाट जितेको छ । न्युजिल्याण्डको वेलिङ्गटनमा सोमबार दोस्रो टेस्ट एक इनिङ्स र १२ रनको जित निकाल्दै घरेलु टोलीले वेष्ट इन्डिज विरुद्ध न्युजिल्याण्डले टेस्ट क्रिकेट श्रृखला २–०बाट जितेको हो ।

सोमबार दोस्रो इनिङ्समा वेस्ट इन्डिजलाई ३ सय १७ रनमा सुमित गरेर न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो । फलो अनमा परेको वेस्ट इन्डिजका लागि दोस्रो इनिङ्समा जोन क्याम्पबेलले ६८ रन बनाए । यस्तै कप्तान जासन होल्डरले ६१ रन जोड्दा जोसुवा डा सिल्भाले ५७ रन जोडे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र निल वाग्नेरले ३–३ विकेट लिए । टिम साउथी र केली जेमिसनले २–२ विकेट लिए । यो टेष्टको पहिलो इनिङ्समा १ सय ३१ रन जोडेपछि न्युजिल्याण्डले वेस्ट इन्डिजलाई पुनः ब्याटिङमा पठाएको थियो ।

घरेलु टोलीले भने पहिलो इनिङ्समा ४ सय ६० रन बनाएको थियो । पहिलो इनिङमा न्युजिल्याण्डका हेनरी निकोलसले १ सय ७४, निल वाग्नेरले अविजित ६६र विल योङ्ले ४३ रन बनाए । यसअघि पहिलो टेस्टमा न्युजिल्याण्डले एक इनिङ्स र १ सय ३४ रनले जितेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);