भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डको फराकिलो जित

एजेन्सी, २७ माघ । भारतविरुद्धको ४ मध्ये पहिलो टेस्ट क्रिकेट इंग्ल्यान्डले २ सय २७ रनको फराकिलो अन्तरले जितेको छ । भारतको चेन्नइमा ४ सय २० रनको लक्ष्य पच्छ्याएको घरेलु टोलीलाई १ सय ९२ रनमा सिमित गरेर इंग्ल्याण्डले २ सय २७ रनको जित हात पारेको हो ।

भारतका कप्तान विराट कोहलीले ७२ र शुबमन गिल ५० रन बनाए । इंग्ल्यान्डका ज्याक लिचले ४ र जेम्स एण्डरसनले ३ विकेट लिए । यो टेस्टमा कप्तान जो रुटको २ सय १८ रनसँगै इंग्ल्यान्डले पहिलो इनिङ्समा ५ सय ७८ रन बनाएको थियो ।

जवाफमा भारतले पहिलो इनिङ्समा ३ सय ३७ रन बनाएको थियो । दोस्रो इनिङ्समा इंग्ल्यान्डले १ सय ७८ बनाएपछि भारतले ४ सय २० रनको लक्ष्य पाएको हो । जितसँगै इंग्ल्यान्डले ४ टेष्टको सिरिजमा १–० को अग्रता बनाएको छ ।

दोस्रो टेष्ट फागुन १ गतेदेखि चेन्नइमै हुने छ । टेस्ट सिरिजपछि इंग्ल्यान्ड र भारतबीच पाँच खेलको टी–ट्वान्टी र ३ वटा एकदिवसीय क्रिकेट श्रृखला समेत हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);