श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डले ७ विकेटको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डले ७ विकेटको जित

एजेन्सी, ५ माघ । श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डले ७ विकेटको जित निकालेको छ । सोमबार श्रीलंकाले दिएको ७४ रनको झिनो लक्ष्य इंग्ल्यान्डले ३ विकेट गुमाएर पुरा गरेको हो । दोस्रो पारीमा इंग्ल्यान्डका जोनी बेयर्स्टोले अविजित ३५ रन जोडे भने डान लरेन्सले अविजित २१ रन बनाए ।

श्रीलंकाको गालेमा पहिले ब्याटिङ गरेको श्रीलंका पहिलो पारीमा १ सय ३५ रनमा अलआउट भएको थियो । जवाफमा इंग्ल्यान्डले पहिलो पारीमा ४ सय २१ रन बनाएको थियो । इंग्ल्यान्डका लागि कप्तान जोए रुटले २ सय २८ रनको दोहोरो शतकीय इनिङ्स खेले ।

यस्तै डान लरेन्सले ७३ र जोनी बेयर्सटोले ४७ रन बनाए । श्रीलंकाका लासिथले ३ विकेट लिए । दोस्रो पारीमा श्रीलंका ३ सय ५९ रन समेटिएपछि इंग्ल्याण्डले मात्र ७४ रनको झिनो लक्ष्य पाएको थियो ।

श्रीलंकाका लहिरु थिरिमानेले १ सय ११ रनको शतकीय पारी खेलेका थिए । यस्तै एन्जेलो म्याथ्युजले ७१ रन र कुशल परेराले ६२ रन बनाए । बलिङमा इंग्ल्यान्डका ज्याक लिचले ५ डम बेसले ३ र साम करणले २ विकेट लिए । जितसंगै इंग्ल्यान्डले सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);