भारतविरुद्धको ५ मध्ये पहिलो टी–ट्वान्टी क्रिकेटमा इंग्ल्यान्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतविरुद्धको ५ मध्ये पहिलो टी–ट्वान्टी क्रिकेटमा इंग्ल्यान्ड विजयी

एजेन्सी, २९ फागुन। भारतविरुद्धको ५ मध्ये पहिलो टी–ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ । भारतको अहमदाबादमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १५ दशमलव ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जासन रोयले ४९ ,जोस बटलरले २० ,जोनी बेयर्स्टोले अविजित २६ रन बनाए । डाविड मालन २४ रनमा अविजित रहे ।भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १-१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन बनायो । भारतका श्रेयस एयरले ६७ , ऋषव पन्तले २१ रन र हार्दिक पाण्डयाले १९ रन बनाए ।इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए । जितसँगै इंग्ल्यान्डले ५ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);