बाँकेमा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बाँकेमा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू

बाँके, २८ फागुन । बाँकेको खजुरा गाउँपालिमा शुक्रबारदेखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा वडा नं. ४ स्थित जनकल्याण मावि बद्रीपुरमा प्रतियोगिता सुरु भएको हो ।

खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकासमा सहयोग पुर्याउने भएकोले प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादनको पहीलो जग रनिङ शिल्ड भएको आयोजकको ठहर छ ।

कोभिड विरुद्घको अभियान, गुणस्तर शिक्षा र खेलकुद भन्ने नाराका साथ अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरु गरेको आयोजकले जनाएको छ । राष्ट्रिय स्तरका खेलमा सहभागीताकोलागि पनि यस्ता प्रतियोगिता फलदायी हुने विद्यार्थीहरुले बताएका छन् ।

प्रतियोगितामा खजुरा क्षेत्रका संस्थागत, निजी र मदरसा गरी ६५ विद्यालयका ४ सय ७५ छात्रा र ५ सय ४१ छात्र गरी १ हजार १६ जना विद्यार्थी खेलाडी सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);