भारतविरुद्ध दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डको सानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतविरुद्ध दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डको सानदार जित

एजेन्सी, १४ चैत । इंग्ल्यान्डले घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा सानदार जित निकालेको छ ।

भारतको पुनेमा भएको खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको सानदार जित निकालेको हो । भारतले दिएको ३ सय ३७ रनको चुनौतीपूर्ण लक्ष्य इंग्ल्यान्डले ४३ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो ।

इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय २४ रन, स्टोक्सले ५२ बलमा ९९ रन र जासन रोयले ५५ रन बनाए । भारतका प्रसिद्ध कृष्णले २ र भुवनेश्वर कुमारले १ विकेट लिए ।

यो खेलमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो ।

भारतका केएल राहुलले १ सय ८ , ऋषव पन्तले ७७ कप्तान विराट कोहलीले ६६ र हार्दिक पाण्डयले ३५ रन बनाए । इंग्ल्यान्डका टम करण र रिची टोप्लेले २÷२ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा भारतले जित निकालेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);