इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा क्रिकेटमा घरेलु टिम भारतको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा क्रिकेटमा घरेलु टिम भारतको जित

एजेन्सी, ११ चैत । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा जित निकालेको छ ।

मंगलबार राति पुनेमा सम्पन्न पहिलो एकदिवसीयमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो ।

भारतले दिएको ३ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४२ ओभर १ बलमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९४ रनको इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जासन रोयले ४६ रन जोड्दा मोइन अलीले ३० रन बनाए । कप्तान इयान मोर्गन २२ रनमा आउट हुँदा साम विलिङ्सले १८ रन जोडे । इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका डेब्यु खेलाडी प्रशिद्द कृष्णले ४ विकेट लिए ।

सार्दुल ठाकुरले ३ विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९८ रनको अर्धशतकीय इनिङ्स खेल्दा केएल राहुलले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै डेब्यु खेलाडी कुर्नाल पाण्डेयले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५६ रनको इनिङ्स खेले भने रोहित शर्मा २८ रनमा आउट भए ।

इंग्ल्यान्डका बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए । जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);