गगन थापाले भने-प्रधानमन्त्रीले गर्नुभएको बेइमानीको ढाकछोप हुँदैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गगन थापाले भने-प्रधानमन्त्रीले गर्नुभएको बेइमानीको ढाकछोप हुँदैन

काठमाडौं,२५ फागुन । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत आफूहरुलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकुलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गर्नुभएको उहाँले बताउनु भयो । उहाँले प्रधानमन्त्रीले जति ढाकछोप गरेपनि बेइमानीको ढाकछोप नहुने बताउनु भयो । उहाँले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचन अगाडी गठबन्धन गर्नु हुँदैन थियो तर ग¥यौँ । गठबन्धन गरिसके पछाडी यो गठबन्धन भित्र आवद्ध भएका प्रत्येक दलका सांसदहरु चाहे पुष्पकमल दाहाल हुनुहोस् । चाहे म हुँ । हामीले एक, अर्काको निर्वाचन चिन्हमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ । त्यसैले मलाई इच्छा लाग्यो, मेरो सहजता, मेरो अनुकुलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन । उहाँसँग पनि थिएन । तर यि सबै कुराहरुको वेवास्ता गरेर जसरी यो निर्णयमा उहाँ पुग्नुभयो र जे जति कपोकल्पित कुराहरु प्रस्तुत गरेर यसलाई ढाकछोप गर्न खोजिराख्नु भएको छ, जति ढाकछोप गरेपनि बेइमानी ढाकछोप हुँदैन । उहाँले शीर छोप्न खोज्नुभयो भने पैताला देखिन्छ । पैताला छोप्न खोज्नुभयो भने शीर देखिन्छ । प्रतिपक्ष दलमा बसिराख्नुभएको केपी शर्मा ओली स्वयम् आफुलाई पनि पुष्पकमल दाहालले अगाडी उभिएर बोलिराख्दाखेरी कुनैपनि बेला यसले धोका दिन सक्छ भन्ने उहाँको मनमा खेलिरहेको छ भन्ने मलाई महशुस भयो त्यहाँको हाउभाउ हेर्दाखेरी । यो सरकार लामो जान्छ भन्नेकुरा सरकारमा बसेका कसैलाई पनि भरोसा छैन । अनुसन्धान भइरहेको बेलामा अनुसन्धान प्रभावित हुनसक्ने हुँदा अनुसन्धान भइरहेका कुनैपनि व्यक्ति मन्त्रीको रुपमा रहनु हुँदैन । जबसम्म ति मन्त्रीका रुपमा रहन्छन् तबसम्म संसद चल्दैन भनेर यो संसद अवरुद्ध भएको हो । आज संसद खुल्यो । त्यो प्रश्न यो संसदभित्र उठेको हो । आसन फेरियो, भाषण फेरियो तर त्यो प्रश्न यहाँ जस्ताको तस्तै छ । त्यो प्रश्नको जवाफ नखोजिकन संसद यत्तिकै अगाडी बढ्न सक्ला र ?’

उहाँले नेपाली काँग्रेस गठबन्धनलाई ०८४ सालसम्म लैजानका लागि प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);