चुनाव अघि गठबन्धन गर्ने बारे कल्पना सम्म नगर्ने महामन्त्री गगनकुमार थापाको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चुनाव अघि गठबन्धन गर्ने बारे कल्पना सम्म नगर्ने महामन्त्री गगनकुमार थापाको भनाई

आइतबार, फागुन २७, २०८०   नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि चुनाव अघि गठबन्धन गर्ने बारे कल्पना सम्म नगर्ने बताउनुभएको छ ।
आईतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा उहाँले कसले कसलाई धोका दिन्छ भन्नेकुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताउनु भएको हो ।

उहाँले केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्नेकुराको अन्त्य भएको भन्दै निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुनुपर्ने डरमा रहेको समेत आरोप लगाउनु भयो ।

उहाँले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गर्नुभयो । डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने उहाँको तर्क छ ।

महामन्त्री थापाले नेपालको राजनीति सफा नभए र राजनीतिलाई अहिलेको भन्दा शुद्ध नबनाएसम्म नेपालको समय खेर जाने बताउनु भयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);