युवाहरुलाई रोजगारी दिने कुरालाई सरकारले प्राथमिकता दिनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

युवाहरुलाई रोजगारी दिने कुरालाई सरकारले प्राथमिकता दिनुपर्ने

आइतबार, फागुन २७, राष्ट्रिय सभा सदस्य जगतबहादुर पार्कीले युवाहरुलाई रोजगारी दिने कुरालाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै युवाहरुलाई रोजगारी दिने विषयलाई मुख्य रुपमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

बैठकमा नेपाली काँग्रेसका सांसद युवराज शर्माले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चेतावनी दिनुभयो ।

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा. वेदुराम भुसालले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पुनर्लेखन नगर्न नयाँ सत्तारुढ गठबन्धनलाई आग्रह गर्नुभयो ।

यस्तै राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्राङ्गारिक मलको कारखाना खोल्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले देशमा धार्मिक विभेद हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

बैठकमा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले नर्सिङ र मेडिकल कलेजहरुलाई शिक्षण अनुमति नदिएर त्रुटी भएको बताउनुभयो ।

नेपालमा नर्सिङ पढ्न नपाएपछि विद्यार्थीहरु विदेशीन बाध्य भएकोले बुबाआमाको लासले विदेशिएका छोराछोरी कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । ०००

मङ्गलवार हुने चुनावका लागि भोलि सोमवार मनोनयन दर्ता हुनेछ । यसअघि राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएकोले अध्यक्षको चुनाव हुन लागेको हो । नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाउने सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);