नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांक | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांक

आइतबार, फागुन २७ नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यो तथ्यांक अनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । अघिल्लो आर्थिक वर्षमा औसत १०१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

यो वर्ष भने रेमिट्यान्स आप्रवाह बढेको छ । ७ महिनाको तथ्यांक तुलना गर्दा २०७९ माघको तुलनामा माघ २०८० मा २१.६ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको हो ।

वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा खुम्चिएको पाइएको छ । अघिल्लो वर्ष माघ महिनामा २७.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले मात्र बढेको थियो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);