दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काँग्रेसको कार्यकर्ता बन्छुः गगन थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काँग्रेसको कार्यकर्ता बन्छुः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा लागि परेको बताउनु भएको छ ।

एउटै व्यक्ति ५÷६ पटक प्रधानमन्त्री बन्ने परम्पराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उहाँले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने विषय उठान गरेको स्पष्ट गर्नुभयो । नेपाली काँग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी समेत गर्नु भयो ।

उहाँले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गर्नु भयो । दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काँग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उहाँको भनाई छ । महामन्त्री थापाले देश बदल्न काँग्रेस नै बदलिनु पर्ने भन्दै अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।

महामन्त्री थापाले काँग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा काँग्रेस जुटनुपर्ने बताउनु भयो । उहाँले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि काँग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);