काँग्रेसको धर्म देशको हित गर्नु होः महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

काँग्रेसको धर्म देशको हित गर्नु होः महामन्त्री थापा

काठमाडौं, १२ माघ ||
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको छ । शुक्रवार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको हो । उहाँले काँग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई माथि उठाउने भएको पनि बताउनु भयो । उहाँले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरु सरकार अथवा भुइँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताउनु भयो । महामन्त्री थापाले काँग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताउनु भयो । निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले शनिबार (भोलि) देखि देशभर समुदायमा काँग्रेस अभियान शुरु हुने जानकारी पनि दिनुभयो । उहाँले माघ १६ सहिद दिवसको अवसरमा पार्टीको ६ हजार ७४३ वटा वडामा कार्यक्रम हुने भन्दै सो कार्यक्रममा सम्बन्धित वडामा क्रियाशिल सदस्यता भएका सबै नेताहरुलाई जान आग्रह गर्नुभयो । उहाँले शहीद दिवसको दिन केन्द्र र जिल्लामा नबसी आफ्नो वडाको कार्यक्रममा जान नेताहरुलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);