निर्माणाधिन सेमी कभर्डहल अलपत्र अवस्थामा, भलिबलदेखि ईन्डोर गेम शून्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्माणाधिन सेमी कभर्डहल अलपत्र अवस्थामा, भलिबलदेखि ईन्डोर गेम शून्य

dadeldhura

विमल जैरु

डडेल्धुरा, ८ असोज । डडेल्धुरामा निर्माणाधिन सेमी कभर्डहल अलपत्र अवस्थामा परेको छ । गत आर्थिक वर्षदेखि निर्माण शुरु गरेको सेमी कभर्डहल निर्माणका लागि चालु आर्थिक वर्षमा कभर्डहल निर्माणका लागि रकम विनियोजन गरिएको छैन ।

कर्भडहल नहुँदा वर्षात्को समयमा भलिबलदेखि लिएर अन्य ईन्डोर गेमहरु शून्य जस्तै भएका छन् । डडेल्धुरामा निर्माणाधिन सेमी कभर्डहल आर्थिक अभावका कारण अलपत्र अवस्थामा परेको छ । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–४ खलंगामा रहेको टुँडीखेल स्थित निर्माणाधिन सेमी कर्भड हलको निर्माणका लागि चालु आर्थिक वर्षमा रकम विनियोजन नहुँदा निर्माण योजना अझै अलपत्र परेको हो ।

जिल्लामा रहेको एक मात्र ४० वर्ष पुरानो टेबल टेनिस कभर्डहल गत वर्ष साउन महिनामा वर्षात्का कारण भत्कीएको थियो । जिल्लामा रहेको एकमात्र कबर्डहल भत्किएपछि इन्डोर खेलहरु ब्याडमिन्टन, टेबलटेनिस, कराँते, बक्सिङ, चेस जस्ता खेलहरु बाहिर मैदानमा खेल्न बाध्य छन् ।

गत आर्थिक वर्षमा १० लाख रुपैयाँ बराबरको कर्भड हल निर्माणको काम भएको भएपनि कभर्डहल निर्माणका लागि प्रदेश र संघीय सरकारसंग कर्भडहल मर्मतको लागि पहल चलाई रहेको अमरगढी नरपालिका–४ का अध्यक्ष दिपेन्द्र थापाले बताउनु भयो ।

कभर्डहलसंगै जोडिएको जिल्ला खेलकुद विकास समितिको कार्यालय पनि भत्कीएपछि एक वर्ष यतादेखि भाडाको घरमा कार्यालय सञ्चालन भईरहेको छ । खेल मैदानबाट एक किलोमिटरको दुरीमा कार्यालय हुँदा गेम खेलाउनका लागि समस्या हुने गरेको जिल्ला खेलकुद विकास समितिका भलिवल प्रशिक्षक नरेश थापाले बताउनु भयो ।

कभर्डहल नहुँदा वर्षात्को समयमा ईन्डोरका साथै भलिवल गेम हुन सकेको छैन । नेपाली सेनाको स्वामित्वमा रहेको टुँडीखेल बाहेक अन्य खेलमैदान नहुँदा खेलकुद गतिविधिमा कमी आएको छ । त्यसैले खेलकुदको विकासका लागि आवश्यक पुर्वाधारको विकास गर्नका लागि ३ वटै सरकारले पहल गर्नु आवश्यक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);