चाडपर्वलाई लक्षित प्रदेश नं. ५ मा अनुगमन समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चाडपर्वलाई लक्षित प्रदेश नं. ५ मा अनुगमन समिति गठन

anugaman samiti butwal

कपिल अधिकारी
बुटवल, २ असोज । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी यातायात तथा सुरक्षा व्यवस्थालाई सहज बनाउन प्रदेश नं. ५ सरकारले प्रदेश स्तरीय अनुगमन समिति गठन गरेको छ । चाडवाडामा कालोबजारी नियन्त्रण गर्न मन्त्रीहरुकै सहभागितामा अनुगमन समिति गठन गरिएको हो । समितिले खाद्यन्नको बजार अनुगमनदेखि यातायात सेवा र शान्तिसुरक्षा व्यवस्थाको पनि अनुगमन गर्नेछ ।

प्रदेश नं ५ मा प्रदेश स्तरीय अनुगमन समिति गठन गरिएको छ । नेपालीहरुको महान चाड दशैँतिहारलाई लक्षित गरी सर्वसाधारणहरुलाई यातायात, बजार तथा सुरक्षा व्यवस्थामा सहज अुनभुति गराउने लक्ष्य सहित अनुगमन समिति गठन गरिएको हो । भौतिक पुर्वधार विकास मन्त्रालयमा आन्तरिक मामिला तथा कानुन मन्त्री, भौतिक पुर्वधार विकास मन्त्री, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी एवं मन्त्रालयका सह सचिव संगको छलफल पछि प्रदेश स्तरीय अनुगमन समिति गठन गरिएको हो ।

समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका छन् । समितिले चाडपर्वका समयमा यात्रु चाप बढ्ने हुँदा तोकिएको भाडादरमा अग्रिम टिकट बुकिङ्गको व्यवस्था मिलाउन समेत यातायात व्यवसायीलाई आग्रह गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले यात्रुहरुलाई सहज सेवा दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले चाडपर्वको समयमा बढ्ने कालोबजारी, ठगि जस्ता घटना हुने भन्दै चनाखो भएर सुरक्षा चेकजाँच गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराउनु भयो ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेलले सरकारी निकायसंग गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताउनु भयो ।

नजिकिंदै गरेको चाडवाडलाई ध्यानमा राखी अनुगमन समिति गठन गरिएकोलाई स्थानीयले सकारात्मक रुपमा लिएका छन् । अनुगमन प्रभावकारी भए चाडवाडका बेला हुने कालोबजारी र अनियमितता अन्त्य हुने विश्वास सर्वसाधरणले गरेका छन् । सर्वसाधरणले यसरी विश्वास गरे पनि कतै अनुगमन समिति नाम मात्रको मात्र हुने होकि भन्ने आशंका पनि गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);