दशैं आउन दुई साता बाँकी, वर्षा तथा सडकका खाल्डाले यात्रा असुरक्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दशैं आउन दुई साता बाँकी, वर्षा तथा सडकका खाल्डाले यात्रा असुरक्षित

sadak

अप्सरा गौतम

काठमाडौं, २ असोज । दशै तिहार, छठ लगायतका चाडपर्वका समयमा उपत्यकाबाट आफ्ना गृह जिल्ला बाहिरीने सर्वसाधारणको संख्या अरु समयको तुलनामा बढी हुन्छ । दशैं आउन अब दुई साता मात्रै बाँकी छ । तर, अहिले देशभरका राजमार्ग र सडकहरुको अवस्था हेर्ने हो भने यो ‘दशैं यात्रा’ सजिलो र सुरक्षित हुने देखिँदैन ।

अहिलेसम्म वर्षाका कारण सडकमा परेका खाल्डा पुर्न काम सुरु भएको छैन । अबको केहि दिन भित्र पनि काम नभए दशैंका लागि घर फर्किने यात्रुले ठूलो सास्ती व्यहोर्नूपर्ने देखिन्छ । दशैंमा काठमाडौंबाट मात्रै आफ्नो गृहजिल्लामा करिब ३० देखि ३५ लाख यात्रु बाहिरिने गरेका छन । यस्तै विभिन्न शहरमा बसेकाहरु गाउँघर फर्किने भएकाले यो दशैंमा ठूलो संख्यामा यात्रुको आवागमन हुन्छ । दशैंमा टीका थाप्न पनि त्यतिकै संख्यामा यात्रुहरु एक गन्तब्यबाट अर्को गन्तब्यमा पुग्छन् । तर, यति धेरै सवारीसाधन र तिनमा सवार यात्रु चलायमान हुने नाकाका सडक हेर्दा लाग्छ, अरु वर्षको दशैमा झै यस वषको दशैमा पनि यात्रा सहज हुने छैन ।

दशै आउन अब दुई हप्ता मात्र बाकि छ, तर सरकारले चाडपर्वको समयमा सर्वसाधारणको यात्रालाई सुरक्षित बनाउन ध्यान दिएको छैन । निर्माण भएका सडकहरु वर्षाले बिगारेर खाल्डाखुल्डी बनाएको छ । तर सडक विभागले खाल्डा पुर्न तीव्रता दिइएको छैन । सडकहरुको दुरावस्थाले दशैंमा सवारीसाधन सञ्चालन गर्न चुनौती थपिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको भनाई छ ।

राजमार्गमा मात्रै नभएर अहिले राजधानीभित्रैका सडकमा पनि ठूला ठूला खाल्डाहरु परेका छन् । सडकमा खाल्डो बढेपछि सवारी साधन चलाउनेहरु सबैभन्दा बढी पीडित छन् । घाम चर्को लगेपछि धुलो उड्ने र वर्षा हुनासाथ पानी जम्ने समस्या छ । चाडबाडका समयमा सवारी साधनमा यात्रुको चाप बढी हुन्छ, जति पनि यात्रु बोकेर दौडिएका बस कहाँ, कुन खाल्डोमा जाकिने हुन् पत्तो हुदैन । त्यसैले ‘बेलैमा सडक मर्मत गररे विगतमा जस्तो चाडबाडका समयमा हुने दुर्घटनाको जोखिम बाट बच्न सरकारले तत्काल पहल गर्नूपर्ने यात्रुको भनाई छ ।

यता सडक विभागले दशैंअघि नै मुख्य तथा सहायक राजमार्गका सडकका खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाउने दावी गरेको छ । मन्त्रालयले चाडपर्वका अवसरमा यात्रुहरुको चाप र सवारी आवागमनलाई सुरक्षित र सहज बनाउन सडक डिभिजन कार्यालयलाई दशैंअघि आफ्नो कार्यक्षेत्रभित्रका सडकको खाल्डा पुर्न निर्देशन दिइएको छ । सडक विभागले दशैंमा सवारी साधनको चाप बढ्ने भएकाले आवागमनलाई सुचारु राख्न र सवारी तथा यात्रुको सुरक्षाका लागि पनि दशैंअघि सबै सडकका खाल्डा पुर्नै काम भएरहेको बताएको छ । तर, वर्षाका कारण काम गर्न असहज भएको बताउँछ ।

सडक मर्मत गर्न एउटा मात्रै निकाय जिम्मेवार छैनन् । सडक विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बाग्मती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, नगरपालिकाहरु विभिन्न सडक मर्मतको जिम्मा लिएर बसेका निकाय हुन् ।तर, समन्वय र आपसी समझदारीसहित यस्ता निकायहरुले नागरिकको सास्ती हटाउने गरी काम गर्न नसक्दा सवारी चलाउनै मुस्किल हुने अवस्था आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);