चितवन मेडिकल कलेजद्धारा आन्दोलनरत विद्यार्थीलाई वार्तामा आउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चितवन मेडिकल कलेजद्धारा आन्दोलनरत विद्यार्थीलाई वार्तामा आउन आग्रह

chitawan medical clz

चितवन, २ असोज । चितवन मेडिकल कलेजले चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थीहरुको आन्दोलनले भविष्य निमार्णमा बाधा पुग्ने भन्दै आन्दोलनरत विद्यार्थीलाई वार्ताको लागि आग्रह गरेको छ । कलेजले पत्रकार सम्मेलन गरी त्रिभुवन विश्वविद्यालय ऐन २०४८ को दफा १४ खण्ड ख बमोजिम नै शुल्क लिएको र शिक्षा मन्त्रालयको परिपत्र अनुरुप नै अतिरिक्त शुल्क लिएको भन्दै स्पष्ट पारेको हो ।

कलेजले अहिलेको ब्याचलाई ६ लाख अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै विद्यार्थीहरुलाई सो अतिरिक्त शुल्कको विल भरपाई उपलब्ध गराउने जनाएको हो । विद्यार्थीहरुले अतिरिक्त शुल्क लिएको भन्दै भदौ १७ गते देखि निरन्तर पठनपाठन नै ठप्प पारेर आन्दोलन गरिरहेको अवस्थामा प्रशासनले पत्रकार सम्मेलन गरी अनावश्यक स्वार्थ समुहको राजनैतिक उद्देश्य पुरा गर्ने भ¥याङ नबन्न विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

विज्ञप्तीमा कलेजले आगामी दिनमा संसदिय उपसमितिले बुझाएको प्रतिवेदन, शिक्षा मन्त्रालय तथा त्रिभुवन विश्वविद्यालयको निर्देशनलाई पुर्ण पालना गर्ने समेत प्रतिवद्धता जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);