चिकित्सा शिक्षामा मेडिकल कलेजको मनोमानी : अतिरिक्त शुल्क लिन फेरि सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चिकित्सा शिक्षामा मेडिकल कलेजको मनोमानी : अतिरिक्त शुल्क लिन फेरि सुरु

kathmandu medical college

काठमाडौं, १८ माघ । काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीबाट पुनः अतिरिक्त शुल्क असुल्न थालेको पाइएको छ । ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् । सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् । सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग थप रकम माग्दै आएका छन् ।

हालसम्म विराटनगरस्थित नोबेल मेडिकल कलेजले २८ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको छ । यस्तै, काठमाडौं मोडेल कलेजले ४ लाख ३५ हजार रुपैयाँ अतिरिक्त शुल्क मागेको अभिभावकले गुनासो गरेका छन् । यस्तै, नेपाल मेडिकल कलेजले अतिरिक्त ४ लाख ३५ हजार रुपैयाँ, नेपालगन्ज मेडिकल कलेजले ६ लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको अभिभावकको गुनासो छ । यस्तै, अभिभावकबाट विराट मेडिकल कलेजले पनि चार लाखसम्म अतिरिक्त शुल्क लिएको अभिभावकको भनाइ छ ।

ती कलेजले इन्टर्नसिप, सेक्युरिटी डिपोजिट, केयू रजिस्ट्रेसन, काउन्सिल रजिस्ट्रेसनबापत मनपरी शुल्क लिएको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले बताए । मेडिकल कलेजले इन्टर्नसिपबापत २ लाख, सेक्युरिटी डिपोजिटबापत २ लाख, केयू रजिस्ट्रेसनबापत २० हजार र काउन्सिल रजिस्ट्रेसनबापत १५ हजार रुपैयाँसम्म लिएका छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);