शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, २ असोज । अघिल्ला दुई दिन लगातार दोहोरो अंकका साथ वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार भने दोहोरो अंकले घटेको छ ।

बिहीबार नेप्से १८दशमलव १२ अंकले घटेर ११५५ दशमलव ३० बिन्दूमा झरेको छ । कुल १ सय ६६ वटा कम्पनीको १२ लाख २४ हजारभन्दा बढी कित्ता शेयर करिब ४० करोड रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका व्यापार र सामूहिक लगानी कोषबाहेक सबै समूह घटेका छन् । लगातारको गिरावटपछि नेप्सेमा सुधार हुँदा लगानीकर्ता उत्साहित भएका थिए । तर, बिहिबार पुनः ओरालो लाग्यो ।

बिहीबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर किनबेच भएको छ । शिवमको को ५ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको हो । बिहिबार समता माइक्रो फाइनन्सका लगानीकर्ताले धेरै कमाए भने गुराँस लघुवित्त कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);