चालू आर्थिक वर्षमा ५ अर्व ९६ करोड ८३ लाख आम्दानी गर्ने नागरिक उड्डयनकाे प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चालू आर्थिक वर्षमा ५ अर्व ९६ करोड ८३ लाख आम्दानी गर्ने नागरिक उड्डयनकाे प्रक्षेपण

नागरिक उड्डयन प्राधिकरण

काठमाडौं, २ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षमा ५ अर्व ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको बिहीबार काठमाडौंमा बसेको संचालक समितिको बैठकले स्विकृत गरेको नीति, बजेट तथा कार्यक्रममा चालू आर्थिक वर्षमा ५ अर्व ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरिएको हो ।

कूल ४६ अर्व ९६ करोड ५० लाख ९९ हजार कूल बजेट रहेकोमा एरोनोटिकतर्फ ५ अर्व ८३ करोड १९ लाख रुपैयाँ र नन एरोनोटिकतर्फ २ अर्व ४९ करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिइएको पनि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनु भयो ।

प्राधिकरणले ६ अर्व ३९ करोड रुपैयाँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार तथा विकासका लागि विनियोजन गरेको छ । त्यसैगरी अन्तराष्ट्रिय विमानस्थलहरुको विकासका लागि करिव २२ अर्व ७३ करोड बजेट विनियोजन गरिएको पनि महानिर्देशक पोखरेलले बताउनु भयो । प्राधिकरणले गत आर्थिक वर्षमा अपेक्षाकृत बढि आम्दानी भएको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);