शेयर बजार परिसूचक नेप्से ७.४५ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

शेयर बजार परिसूचक नेप्से ७.४५ अंकले बढ्यो

stock_exchange_nepse

काठमाडौं, १९ मंसिर । साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से ७ दशमलव ४५ अंकले बढेर परिसूचक ११ सय ३१दशमलव ९२ बिन्दुमा पुगेको छ । कुल १ सय ६८ वटा कम्पनीको १० लाख ९५ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ८८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

बिहिबार परिसूचकसँगै कारोबार रकम शेयर संख्यामा पनि सुधार आएको छ । कारोबारमा आएका समूहमध्ये उत्पादन समूहबाहेक सबै समूह बढेका छन् ।

बिहिबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सम्मुन्नत माइक्रो फाइनन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य ७ दशमलव ७८ प्रतिशतले बढेको छ ।

समग्र परिसूचक बढेको दिन दिव्यश्वरी हाइड्रोपावर कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । साताको पछिल्ला दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा निरन्तर सुधार हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);