बिहीबार नेप्से ५.५० अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बिहीबार नेप्से ५.५० अंकले घट्यो

काठमाडौं, २२ फागुन । शेयर कारोबार साताको अन्तिम दिन बिहिबार नेप्से ५दशमलव ५० अंकले घटेर परिसूचक १ हजार ४सय ३५दशमलव ७० अंकमा पुगेर बन्द भएको छ ।

१ सय ७९ कम्पनीका ५९ लाख ४० हजार कित्ताशेयर २२ हजार ५ सय ३१ पटकको कारोबारबाट २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४ सय ६३ रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबार रकम अघिल्लो दिन बुधबारको तुलनामा ४५ करोड १४ लाख रुपैयाँले कम हो । बुधबार नेप्से ६८दशमलव ४७ अंकले घट्दा १ सय ७४ कम्पनीका ६७ लाख ७१ हजार कित्ताशेयर २ अर्ब ९० करोड ८४ लाख रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव १५ अंकले घटेर ३सय ७दशमलव ७२ अंकमा पुगेर बन्द भयो । बिहिबार कारोबार भएका १२ समूहमध्ये ७ वटा समूहको सूचक ओरालो लागेका छन ।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड ८७ लाख १९ हजार ८ सय ६६ रुपैयाँको कारोबार भएको छ । शेयर कारोबारका आधारमासमेत जीवन बीमा समूह अग्रस्थानमा छन ।

बिहिबार मञ्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन भने नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ६९ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);