अहिलेको अवस्थामा एक महिनासम्म ग्यासको अभाव हुन्न : मन्त्री भट्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अहिलेको अवस्थामा एक महिनासम्म ग्यासको अभाव हुन्न : मन्त्री भट्ट

काठमाडौं, २३ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा एक महिनासम्म ग्यासको अभाव नहुने बताउनुभएको छ ।

बजारमा दैनिक उपभोग्यवस्तु र ग्यासको अभाव हुने हल्लाहरु फैलिएको बेला मन्त्री भट्टले एक महिनासम्म ग्यासको अभाव नहुने बताउनुभएको हो । मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी मन्त्री भट्टले ६ महिनासम्म पुग्ने खाद्यान्न, १० महिनालाई पुग्ने नुन र एक महिनालाई पुग्ने ग्यास अहिले पनि स्टक रहेको बताउनुभयो ।

शुक्रबार बिहानमात्रै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, नेपाल आयाल निगम लगायतका संस्थाहरुसँग रिपोर्ट मागिएको र व्यवसायीहरुले दिएको रिपोर्टले पनि कुनै कुराको अभाव नहुने देखाएको उहाँले बताउनुभयो ।

६ महिनासम्म पुग्ने खाद्यान्न, १० महिनालाई पुग्ने नुन र एक महिनालाई पुग्ने ग्यास अहिले पनि स्टक

मन्त्री भट्टले बजारमा लसुनको मूल्य बढेकाले केही अभाव रहेको र अरु कुनै पनि वस्तुमा अहिलेसम्म मूल्य वृद्धि नभएको बताउनुभयो । भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाएपनि नेपालले अत्यावश्यक औषधिहरुको आपूर्तिका लागि कुटनीतिक माध्यमबाट कुराकानी गरिरहेको उहाँले बताउनुभयो ।

बजार अनुगमनलाई तिव्रता दिएको मन्त्री भट्टले बताउनुभएको छ । जनशक्ति अभावका कारण बजार अनुगमनमा केही समस्या देखिएपनि सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरेर अगाडी बढ्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

आयात निर्वाध रुपमा भएपनि केही व्यक्तिहरु आतंकित भएर १ सिलिण्डर चाहिने ठाउँमा १० वटा जम्मा गरेर राखेको उल्लेख गर्दै उहाँले नआत्तिन सबैमा आग्रह गर्नुभयो ।

सर्वसाधारणले ग्यास नपाउने अवस्था आएमा सिधै मन्त्रालयमा फोन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । मन्त्रालयले छिट्टै निःशुल्क हटलाइनको व्यवस्था गर्ने जानकारी दिँदै मन्त्री भट्टले ग्यास नपाउने अवस्थामा फोन गर्न आग्रह गर्नुभएको हो । गुनासो आएको क्षेत्रमा हस्तक्षेप गरेर भएपनि ग्यासको आपूर्ति गर्ने उहाँले बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);