कोरोनाको त्रास : बजारमा ग्यास, तथा अत्यावश्यक खाद्यवस्तुको पसलमा भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोनाको त्रास : बजारमा ग्यास, तथा अत्यावश्यक खाद्यवस्तुको पसलमा भीड

काठमाडौं, २७ फागुन । विश्वप्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण आम सर्वसाधारणमा त्रास फैलिएको छ । कतै कोरोना भाइरस संक्रमणको त्रास छ त कतै कोरोनाकै कारण दैनिक उपभोग्य वस्तुको अभाव हुने त होइन भन्ने त्रास बढ्दो छ । कोरोनाको त्रास बढेसँगै बजारमा ग्यास, चामलजस्ता अत्यावश्यक खाद्यवस्तुको पसलमा भीडभाड देखिन थालेको छ ।

पछिल्ला दिनमा नून, चिनी तथा अन्य खाद्य बस्तु तथा ग्यासमा कालोबजारी हुने सम्भावना बढेको छ । कोरोना भाइरसको कारण आपूर्तिमा असहजता आउने हल्ला फिजाएर कालोबजारी हुने संभावना देखिएको हो ।

माक्समा कालोबजारी बढेपछि सरकारले कारबाही थालिसेको अवस्थामा खाद्य वस्तुमा अनुगमन बढाइएको छ । सर्वसाधारण हल्लाको पछि लागि पसलमा भिडभाड बढ्ने थालेपछि सरकारले अनुगमनलाई तिव्रता दिंदै नआत्तिन भन्दै आएको छ ।

नून, चिनी, ग्यासको आपूर्ति गर्दै आएको साल्ट टेड्रिङ कर्पोरेशनले पर्याप्त मौज्जाद रहेको जनाएकोछ । पसलहरुमा भिड देखिए पनि आपूर्ति व्यवस्था सहज रहेको स्वयंम उपभोक्ताहरु नै बताउँछन् ।

आवश्यक वस्तुको सबैखाले आपूर्ति व्यवस्था सहज रहेको र बजारमा पर्याप्त मौज्दात भएकाले अभावको मनोवैज्ञानिक त्रास उपभोक्तामा रहेको व्यापारीहरु बताउँछन् ।

उपभोग्य वस्तुको अनावश्यक भण्डारण गर्ने प्रवृत्ति मौलाएका कारण आम उपभोक्ताले हल्लाको पछि लाग्दा बजारमा अस्वाभाविक रुपमा मागमा बृद्धि भएको व्यापारीहरुको भनाई छ ।

दैनिक आवश्यक वस्तुको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्थामा कुनै व्यवधान नरहेको सरकारले पटक पटक स्पष्ट पार्दै आएको छ । नुन, चिनी लगायत ग्यासको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको दाबी गरेकोछ ।

साल्ट ट्रेडिङ कर्पोरेशनसँग १० महिनासम्मको लागि १ लाख ५८ हजार ५०० मेट्रिक टन नुन, करिब ५ महिनालाई पुग्ने १० हजार मेट्रिक टन चिनी मौज्दात रहेको जनाएको छ ।

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको जनाएको छ । सरकारले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);