कोरोनाको नाममा कालोबजारी, अनुगमन तिव्र पार्दै सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

कोरोनाको नाममा कालोबजारी, अनुगमन तिव्र पार्दै सरकार

काठमाडौं, २७ फागुन । कोरोनाको नाममा कालोबजारी हुने सम्भावना बढेपछि सरकारले बजार अनुगमनलाई तिव्रता दिएको छ । यसक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २६ वटा औषधी र सर्जिकलहरुले कानून वमोजिम काम नगरेको भन्दै कारबाही थालेको छ । विभागले ५ हजारदेखि २ लाखसम्मको जरिवाना तिराएको छ । यो फागुन महिना भित्र मात्रै औषधी र सर्जिकलहरुबाट १० लाख भन्दा बढि जरिवाना उठेको छ ।

पछिल्लो समय कोरोना भाइरसको त्रास बढेपछि नेपालमा माक्स र स्यानिटाइजरको बिक्री धेरै हुन थालेपछि यसमा कालोबजारी बढेको छ । माक्स र स्यानिटाइजरको खरिद बिक्री धेरै हुन थालेपछि विभिन्न फार्मेसिहरुले वास्तविक मूल्य भन्दा धेरै नाफा हुने गरि बिक्री गर्न थाले पछि सरकारले बजार अनुगमन गर्दै बढी मूल्य लिनेमाथि काबारही थालेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरी काठमाडौँ उपत्यका औषधी र सर्जिकलका २६ वटा पसलेमाथि कारवाहि गरेको छ । बजार अनुगमनका लागि कार्मचारीहरु खटाएको र यो महिनामा मात्रै औषधी र सर्जिकलहरुबाट १० लाख भन्दा बढि जरिवाना उठेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देश श्री नेत्रप्रसाद सुवेदीले बताउनु भयो ।

२६ वटा औषधी र सर्जिकलहरुले कानून वमोजिम काम नगरेकाले ५ हजारदेखि २ लाखसम्मको जरिवाना तिराइएको छ । उपभोक्तासँग बढि नाफा लिएको र खरिद बिक्री बिल नभएका कारण २ लाख जरिवाना तिर्नेमा क्षेत्रपाटिका आईज्याक हस्पिटेक सर्पोट र नेपाल केयर सर्जिकल सप्लायर्स, वीर अस्पताल नजिकको आयुस फार्मेसी लगाएत थानकोटको मदरल्याण्ड हेल्थ केयर एण्ड काउन्सेलिङ सेन्टर परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सुरु गरेको कारवाहिलाई सर्वसाधरणले स्यावासी दिएका छन् ।

कोरोनाको नाममा व्यापारीहरु सर्वसाधारण ठग्न उद्यत देखिन्छन् । कुनै पनि वस्तुको आयात नरोकिएकोले अभाव नहुने भनेर सरकारले भन्दै आए पनि सर्वसाधारण कालोबाजारी गर्नेबाट ठगिदै आएका छन् ।

व्यापारीहरुको मन लाग्दी नाफा लिने प्रवृत्तिका कारण सर्वसाधरणहरु मारमा पर्दै आएका छन् । गृह मन्त्रालयले ठगी गर्ने र बढी मूल्य लिनेलाई तत्काल पक्राउ गरी कारबाही गर्ने निर्देशन नै दिइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);