देशभर बदलीः पाँच प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

देशभर बदलीः पाँच प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा साधारणतया बदली रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको समेत प्रक्षेपण गरिएको छ । यसैगरी, रातिको समयमा पनि कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । देशका बाँकी प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुनसक्ने मौसम विभागको पूर्वानुमान छ । वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रहरूमा आवश्यक शतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Leave a Reply