कोशी, वागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा तातो लहरको जोखिम | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

कोशी, वागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा तातो लहरको जोखिम

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भू–भागमा मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली रहनेछ । मधेस प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने भएपनि बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा ‘तातो दिन’ र तराईका भू–भागमा ‘तातो लहर’ (लू) चल्ने सम्भावना रहेकाले आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । रातीको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली रहनेछ । अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने र तराईका बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान छ । कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply