नेपालको सेयर बजार पनि कोरोनाको चपेटामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपालको सेयर बजार पनि कोरोनाको चपेटामा

काठमाडौं, २३ फागुन । नेपालको सेयर बजार पनि अहिले कोरोना भइरसको चपेटामा परेको छ । विश्वभर फैलिँदो कोरोना भाइरसको कारण आयात निर्यात ठप्प हुँदा त्यसको सिधा असर नेपालको शेयर बजारमा परेको शेयर विश्लेषकहरुको ठम्याई छ ।

कोरोनाका कारण नेपाल भ्रमण वर्ष स्थगित गरिएको छ भने आद्यौगिक र व्यापारीक क्षेत्र चिन्तित देखिएका छन् । कोरोनाबाट नेपालको शेयर बजार बढी नै प्रभावित भएको देखिन्छ । यद्यपी लगानीकर्ताले भने राजनीतिक कारण शेयर बजारमा उतार चढाव भएको बताएका छन् । केहि लगानीकताले अर्थमन्त्री डा. युवराज खतिवडाको पुननियुक्तीले शेयर बजार सुधार हुने बताउँछन् ।

अर्थमन्त्रीलाई लिएर सेयर बजारप्रति नकरात्मक प्रचार गरेर केहि लगानीकर्ताहरुले सेयर बजारमा चलखेल गरेपछि बजार अस्थिर बनेको छ । अर्थमन्त्रीकै कारण सेयर बजार प्रभावित भएको कुरा सत्य नभएको पुँजी लगानीकर्ता विज्ञ प्रा.डा. मनोहरकृष्ण श्रेष्ठको भनाइ छ ।

लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडामाथि प्रश्न उठाइरहेका छन् । तर अर्थमन्त्री खतिवडाले बिगत दुई वर्षमा पुँजी बजारको क्षेत्रमा धेरै सुधार भएको दाबी गर्नु भएको छ ।

दुइ तिहाइको स्थिर सरकार आएकोमा लगानीको वातारण बन्ने आम लगानीकर्ताको बिश्वास थियो । तर सरकारको दुइ वर्षे कार्यकालमा लगानीको वातावरण बन्न सकेको छैन् । तर अर्थमन्त्रीको पुनः नियुक्ती पछि उहाँमाथि सेयर बजार उकास्ने चुनौतीको थपिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);