शुक्रवार सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

शुक्रवार सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं, २३ फागुन । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । सुनको मूल्य लगातार बढेर दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ ।

शुक्रवार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैँयाले बढेर नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार २ सयमा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ८० हजार ७ सय मा कारोबार भएको थियो ।

बिहीवारको तुलनामा सुनको मूल्य तोलामा १ हजार ८ सयले बढेको हो । भारतीय रुपैँयाको तुलनामा अमेरिकी डलर महँगो हुँदा सुनको मूल्य बढेको महासंघले जनाएको छ ।

त्यसैगरी चीनको वुहान प्राप्तबाट फैलिएको कोरोना भाइरसले बिश्वव्यापी रुप लिएपछि त्यसले बिश्व अर्थतन्त्रमा प्रभाव पारेकोले सुनको भाउ बढेको बिश्लेषको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);