सुनको मूल्य तोलामा दुई सयले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

सुनको मूल्य तोलामा दुई सयले बढ्यो

काठमाडौ । साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply