कोरोना महामारीको प्रभाव शेयर बजारमा देखिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरोना महामारीको प्रभाव शेयर बजारमा देखिदै

nepal stock exchange

काठमाडाैं । साताको दोश्रो दिन आज सोमबार पनि शेयर बजार निराशा जनक नै देखियो । सोमबार बजार निराशाजनक भईदिंदा नेप्से सूचक ६५ दशमलव ५८ अंकले घटेर २५०६ दशमलव ६२ विन्दुमा आइपुगेको छ । यद्यपी आज दुई कम्पनीको मुल्य भने सर्किट लाग्ने गरी बढेको छ ।

आज बजारले २२० कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता शेयर ६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीमा कारोबार गरेको छ । आजको कारोबारमा फेरी एक पटक ३१ करोड ७४ लाख रुपैयाँभन्दा बढी कारोबार गरेर अपर तामाकोशी सबैभन्दा अघि आएको छ । दोसं्रो र तेश्रोमा निफ्रा र पुनर्बिमा कम्पनी परेका छन् ।

मुलुकमा कोरोना संक्रमण बढ्दै गएकै कारण सर्वसाधारण लगानीकर्ता आत्तिंएकैले पनि सेयर बजार प्रभावित भएको मान्न सकिन्छ । महामारीबाट निजात पाउनकै लागि सरकारले केही समयका लागि निषेधाज्ञा लगाउने भएको हल्लाले ब्यापकता पाउना साथ यसको प्रभाव बजारमा परेको बुझ्न सकिन्छ ।

यद्यपी बजार आजैबकाट घट्न शुरु भएको भने हैन । बिगत केही दिन यता बजार ओह्रालो लाग्ने क्रममै थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);