३५.८१ अंकले घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

३५.८१ अंकले घट्यो नेप्से

nepal stock exchange

काठमाडाैं । साताको पहिलो कारोवार दिन शेयर बजारमा नेप्से सूचक ३५ दशमलव ८९ अंकले घटेर २६९९ दशमलव ५१ विन्दुमा झरेको छ । बजारमा टे«डर हावी भएकै कारण सुचक घटेपनि कारोबार रकम भने बढेर ८ अर्ब ८० करोड रुपैयाँभन्दा माथी पुगेको छ ।

अघिल्लो साता बजार २७ सयमाथी पुगेको सुचक अल्पकालीन कारोबारीहरुमा नाफा बुक गर्ने प्रवृती देखिएकै कारण आईतबारको बजार केही प्रभावित बन्न पुगेको हो । ट्रेडरहरु जहिले पनि निश्चित प्रतिशत मार्जिनमा काम गर्छन् ।

निश्चित प्रतिशत मार्जिन निर्धारण गर्ने र सो विन्दुमा पुगेपछि बेच्ने उनीहरुको प्रवृत्ति हुन्छ । यसैगरि, निश्चित प्रतिशत भाउ घटेपछि फेरि किन्ने उनीहरुले कतिपय बेला प्राविधिक ग्राफलाई समेत आफ्नो कारोवारको आधार बनाउने गरेका हुन्छन् ।

आइतबार बजारले २०७ कम्पनीको १ करोड ९५ लाख २८ हजारभन्दा बढी कित्ता सेयरको कारोवार गरेको छ । ४ वटा कम्पनीको मुल्य ९ प्रतिशत भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको थियो । आज भएको कारोबार रकमका आधारमा ८७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोवार गरेर एभरेष्ट बैंक सबैभन्दा अघि रहेको छ भने क्रमशःदोस्रो र तेश्रोमा एनआइसी एसिया लघुवित्त र निफ्रा आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);