आइतबार नेप्से सुचकमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आइतबार नेप्से सुचकमा गिरावट

stock_exchange_nepse-e1528283604277

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सुचकमा गिरावट आएको छ । आइतबार नेप्से २ दशमलव ८६ प्रतिशत अर्थात ७५ दशमलव ७९ अंकले घटेर बजारबन्द हुँदै गर्दाको स्थितीमा सुचक २ हजार ५ सय ७२ दशमलव २१ विन्दुमा आएर अड्किएको छ । तर नेप्से सुचक घटेदै गर्दा कारोबार रकम भने बढेको छ ।

बजारमा आज ७ अर्ब २८ करोड रुपैयाँ भन्दा बढीको कारोवार भएको छ । सुचक घटेका हिसाबले भन्नु पर्दा औसतमा कारोबार रकम राम्रै हो । आज बजारको मुड हेर्दा लगानीकर्ताहरुको मनोबल घटेको अनुमान लगाउन सकिन्छ । लगानीकर्ताले आत्मबल गुमाउँदा त्यसको असर नेप्से सूचकमा परेको हो ।

कोरोना संक्रमण बढ्दै गएका कारण लगानीकर्ताहरुले प्यानिक सेल दिएको अडकल शेयर बजारका विश्लेषकहरुले लगाएका छन् । आइतबार बजारले २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार गरेको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ ।

सूचीकृत सबै समूह राता भएका छन् । खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँसहित निफ्रा सबैभन्दा अघि छ । दोस्रोमा ज्योति लाइफ इन्सुरेन्स र तेस्रोमा अपर तामाकोशी परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);