लगानीकर्ताको निराशाजनक मनोविज्ञानको शीकार बन्दै नेप्से | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

लगानीकर्ताको निराशाजनक मनोविज्ञानको शीकार बन्दै नेप्से

nepse

काठमाडाैं । गत साताको तुलनामा यो साताको नेप्से सुचक समग्रमा ३ दशमलव २० प्रतिशतले घटेको छ । गत साताको नेप्से सुचकको अन्तिम विन्दु २७३५ दशमलव ४६ रहेकोमा यो साता बजार बन्द हुँदाको नेप्से सुचक २६४८ दशमलव ८ को बिन्दुमा आएर अडिएको छ । यसरी हेर्दा नेप्से सुचक यो साता झण्डै १०० अंकले घटेको छ ।

नेप्सेले २७ सयभन्दा माथिको बिन्दु टेके लगत्तै बजारमा टे«डरहरु हावी भईदिनाले नेप्से केही प्रभावित बन्न पुगेको हो । योसँगै एकाएक कोरोना संक्रमणको दरमा आएको वृध्दिसँगै सरकारी अपीलका कारण पनि लगानीकर्ताहरुमा नकारात्मक प्रभाव परेकोले नेप्से प्रभावित बन्न पुगेको आंकलन गर्न सकिन्छ ।

कोरोना संक्रमणमा देखिएको वृद्धिसँगै लगानीकर्तामा लकडाउनको त्रास समेत बढेको पाईएको छ । साताको तेश्रो कारोबार दिन मंगलबार बजारमा सबैभन्दा थोरै ५ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ भने सबैभन्दा धेरै आइतबार ८ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ ।

यसरी हेर्दा यो साता बजारले दैनिक औसतमा ६ अर्ब ५६ करोडको कारोबार गरेको छ । साताको कारोवारमा सबैभन्दा धेरै महिला लघुवित्तको भाउ ६० दशमलव ७६ प्रतिशतले बढेको छ । त्यस्तै, दोस्रोमा ज्योति लाइफ इन्सुरेन्सको मुल्य ६० दशमलव ७१ प्रतिशतले बढेको छ ।

तेस्रोमा युनाइटेड मोदी हाइड्रोपावरको सेयर भाउ १४.२१% ले वृद्धि भएको छ । यस्तै चन्द्रगिरी हिल्सले यो साता १४ दशमलव २६ प्रतिशतका दरले गुमाएको छ भने सिद्धार्थ बैंकले ६ दशमलव ८४ प्रतिशत र नागरिक लगानी कोषले ६ दशमलव ५६प्रतिशतले गुमाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);