शेयर बजारले यो साता आफ्नो ईतिहासकै पहिलो रेकर्ड कायम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

शेयर बजारले यो साता आफ्नो ईतिहासकै पहिलो रेकर्ड कायम

nepal stock exchange

काठमाडौं । नेपाल शेयर बजारले यो साता आफ्नो ईतिहासकै पहिलो रेकर्ड कायम गरेको छ । यो साताको मंगलबार नेप्से सूचकले र बुधबार दैनिक कारोबार रकमले नेप्सेकै ईतिहासमा अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । मंगलबार नेप्सेको कारेवार अलटाइम हाई २७९३ दशमलव ९० मा विन्दुमा आएर बन्द भएको थियो भने बुधबार दैनिक कारोबारकै हिसाबले अहिेलेसम्मकै उच्च ११ अर्ब ९० करोड रुपैयाँको कारोवार गरेको थियो ।

यो साताको अन्तिम दिन बिहीबार नेप्से सूचक २७८७ दशमलव १९ विन्दुमा आएर बन्द भएको छ । जुन गत साताको अन्तिम विन्दु २६८४ दशमलव ०१ को तुलनामा ३ दशमलव ८४ प्रतिशतले बढी हो । यो साताको समग्र कारोवारको तथ्यांकलाई हेर्ने हो भने साताभरी ९ दशमलव २ अर्ब रुपैयाँ भन्दा माथि नै कारोवार भएको छ । साताको अन्तिम दिन बिहीबार कारोबार रकम ९ अर्ब २८ करोड रुपैयाँ पुगेको थियो । यस्तै यो साताको कारावारका आधारमा बजार पुँजीकरण ३८ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।

गत साताको तुलनामा कारोबार रकममा यस सता उल्लेख्य सुधार आएको बजमरले बिहीबार सबैभन्दा थोरै ९ अर्ब २८ करोडको कारोवार गरेको छ । यस्तै सेयर बजारमा नेप्से ईतिहासकै सबैभन्दा धेरै ११ अर्ब ९० रुपैयाँको कारोवार बुधबार भएको थियो । यो साता औसतमा दैनिक १० अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यस साता सेयर बजारले नयाँ रेकर्ड बनाउनुका पछाडि सेयर बजारको सिजन सुरु हुनु, कोरोनाका कारण जारी निषेधाज्ञाका कारण अरु व्यापार व्यवसाय ठप्प हुँदै सबैको ध्यान सेयर बजारमै केन्द्रित हुनु जस्ता कारण प्रभावि रहेको मान्न सकिन्छ । यसैगरि तरलता वृध्दिकै कारण बैंकहरुले निक्षेपको ब्याजदर अझै घटाउनु, बुल रनको निरन्तरताका साथै मुलुकमा विस्तारै चुनावी माहोल खडा हुँदै जानुले पनि सेयरमा लगानी बढेको आंकलन गर्न थालिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);