नेपालस्थित राष्ट्रसंघ नियोगद्वारा मानवीय सहायता जुटाउन अन्तर्राष्ट्रिय नियोगमा अपिल | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

नेपालस्थित राष्ट्रसंघ नियोगद्वारा मानवीय सहायता जुटाउन अन्तर्राष्ट्रिय नियोगमा अपिल

united_nations_flag

काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघका नियोगद्धारा आपत्कालीन कोभिड–१९ योजना जारी गर्दै नेपालका लागि सहयोग जुटाउन अन्तर्राष्ट्रिय नियोगहरुलाई आग्रह गरेको छ ।

कोभिड१९ महामारीका बीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेकाले संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले शुक्रबार नेपाल कोभिड–१९ कार्य योजना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । नेपालमा कोरोना महामारीबाट प्रभावित सबैभन्दा बढि सात लाख ५० हजार जनालाई आगामी तीन महिनासम्म सहयोग गर्न एक आपत्तकालिन कार्ययोजना गठन गरेको हो ।

उक्त कार्ययोजना परिचालनका लागि आठ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि आग्रह गरिएको छ।

नेपाल सरकारको प्रतिकार्य प्रयासहरुलाई बल पु¥याउन आवश्यक सहयोगका महत्वपूर्ण क्षेत्रहरु समावेश गरिएको उक्त योजनालाई ‘नेपाल ह्यूमानिटेरियन कन्ट्रीटीम’ र नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट अनुमोदित भइसकेको नेपालस्थित राष्ट्रसङ्घीय आवासीय संयोजकको कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);