संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउन प्रधानमन्त्री ओलीकाे जाेड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउन प्रधानमन्त्री ओलीकाे जाेड

pm kp sharma oli

काठमाडाैं, ६ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई रेकर्डेड ‘भिडियो’ मार्फत सम्बोधन गर्दै ओलीले राष्ट्रसंघ निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको बताउनुभयो । राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सव शान्ति, समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्ध व्यक्त गर्ने अवसर भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

शान्ति–सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसंघबीच बढ्दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको शान्ति स्थापनाका कार्यमा ६ दशकभन्दा बढी समयदेखि नेपालले व्यवसायिक एवं समर्पित सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो ।ऐक्यबद्धता र सहयोगका मूल्यमान्यताप्रतिको प्रतिबद्धताप्रति सबै सदस्य राष्ट्रले आफूलाई पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले व्याख्यानमा नभई कार्यान्वयनमा जानुपर्ने खाँचो औंल्याउनुभयो ।

सामयिक सुधारसँगै राष्ट्रसंघलाई स्वतन्त्र, निपष्क्ष र विधिमा आधारित अन्तर्राष्ट्रिय प्रणाली स्थापना गर्ने समर्थ निकाय बनाउनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।वार्षिकोत्सवको उक्त कार्यक्रमलाई ८८ देशका राष्ट्राध्यक्ष र ४४ मुलुकका सरकार प्रमुखसहित १सय ८२ वक्ताले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);