कोभिड–१९ प्रतिकार्य सुदृढ बनाउन विश्व स्वास्थ्य संगठनले ग-यो १८ लाख बराबरको औषधि र स्वास्थ्य सामाग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोभिड–१९ प्रतिकार्य सुदृढ बनाउन विश्व स्वास्थ्य संगठनले ग-यो १८ लाख बराबरको औषधि र स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयले काभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधि र स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

विश्व स्वास्थ्य संगठनको कोभिड–१९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दै आएको निरन्तर सहयोगको एक हिस्ताका रुपमा सोमबार १८ लाख अमेरिक डलर बराबरको औषधि तथा सामाग्रीहरु स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भएको कार्यक्रममा दुई लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, दुई हजार अक्सिजन कन्सनट्रेटरहरु, २४ हजार वटा भेन्चुरी मास्क, करिब पाँच लाख अक्सिजन नसल क्यानुला, छ लाख एफएफपी २ रेस्पाइरेटर मास्क र पाँच लाख सर्जिकल ग्लब्ससहितका सामाग्रीहरु सहयोग स्वरुप प्रदान गरिएको हो ।

सहयोगका सामाग्रीहरु विश्वा स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डा.राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेको हुन् । देशमा संक्रमितहरुका संख्या र अस्पतालमा भर्ना हुने विरामीहरुको संख्या बढेको अवस्थामा विश्व स्वास्थ्य संगठनले नेपाललाई सहयोग गर्दै आएको प्रमुख पाण्डवले उल्लेख गरे ।

सोमबार सहयोग स्वरुप प्राप्त भएका सामाग्रहरुको आवश्यकता भएका देशभरिका दुरदराज गाउँठाउँमा पु¥याउने काम मन्त्रालयले थाल्ने राज्यमन्त्री श्रेष्ठले बताए ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्थ सामाग्रीहरु नेपाल भरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिने छ ।

मन्त्रालयले सबै प्रदेशमा सामाग्रीहरु ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);