नेप्से बेलगाम हुने संकेत, आजको कारोवारले तोड्यो अघिल्ला सबै रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेप्से बेलगाम हुने संकेत, आजको कारोवारले तोड्यो अघिल्ला सबै रेकर्ड

stock_exchange_nepse-e1528283604277

काठमाडाैं, २३ चैत । सोमवारको शेयर कारोवारले नेप्सेलाई अहिले सम्मकै उच्च बिन्दुमा पु¥याएको छ । आईतबारको कारोवार भन्दा १ दशमलव १३ अंकले बढेर नेप्से सूचक २ हजार ६ सय ५८ दशमलव ७४ विन्दुमा पुगेको हो ।

सोमबार बजारमा २ सय १२ वटा कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयरले ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँको कारोवार गरेका छन् । चार कम्पनीले शेयर मुल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि हासिल गरेकाछन् ।

बजार खुलेको केही समयमै नेप्सेले २ हजार ६ सय ८१ दशमलव १९ विन्दु टेकेर नयाँ कीर्तिमान कायम गरेको थियो । कारोबारका क्रममा एनआईसी एशिया लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशत, राधी विद्युत् कम्पनीको ९ दशमलव ९८ प्रतिशत,वोमी लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९५ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्स शेयर मूल्य ९ दशमलव ७७ प्रतिशतका दरले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ ओटा समूहमध्ये होटल एण्ड टुरिजम,व्यापार समूह,जलविद्युत समूह, उत्पादन तथा प्रशोधन समूह,लघुवित्त समूह,म्युचुअल फण्डको शेयर मुल्यमा आंशिक वृद्धि भएको छ भने अन्य बाँकी समुहले भने गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);