सांग्रिला डेभलपमेन्ट बैंकले सेयर धनीलाई बोनस शेयर दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंकले सेयर धनीलाई बोनस शेयर दिने

काठमाडाैं, २४ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले सेयर धनीलाई बोनस शेयर दिने भएको छ ।

सोमबार लैनचौरमा आयोजित कार्यक्रममा सेयरधनीलाई बोनस सेयर जारी गर्ने प्रस्ताव पारित भएको हो । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत अर्थात १३ करोड, ३ लाख, ३२ हजार २० रुपैयाको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै थप ५ वटा शाखाहरु खोल्ने समेत निर्णय गरेको छ ।

कार्यक्रमा कम्पनीको आर्थिक विवरण समेत सार्वजनिक गरिएको छ । गत वर्षको तुलनामा २९.६१ प्रतिशत निक्षेप संकलन वृद्धि भइ कुल २९ अर्ब २५ करोड पुगेको कम्पनीले जनाएको छ ।

बैंकको हालसम्म ३ लाख १० हजार भन्दा बढि ग्राहकहरु रहेको र ९५ वटा शाखा रहेको समेत जानकारी दिइएको छ । निकट भविष्यमा थप ५ शाखा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);