अनलाइन बजार दराजमा नववर्ष २०७८ को उपलक्ष्यमा भव्य सेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनलाइन बजार दराजमा नववर्ष २०७८ को उपलक्ष्यमा भव्य सेल

काठमाडौं, २४ चैत । नेपाली अनलाइन बजार दराजले यही चैत २९ देखि नववर्षको भव्य सेल दराज नववर्ष २०७८ सुरु हुने घोषणा गरेको छ ।

नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरु, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ ड्याट सनरेडिगो जित्ने अवसर ल्याएको छ । दराजले यो अफर चैत २९ देखि सुरु हुने जनाएको छ ।

‘पेमेन्ट पार्टनर छुट’ दराज नववर्ष २०७८ अफरको प्रमुख आकर्षण रहेको छ जसमा ग्राहकले सीमित डेविट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा एक हजार रुपैँयादेखि एक हजार ५ सय सम्मको छुट पाउन सक्ने छ ।

पेमेन्ट पार्टनरहरुमा नबिल बैंक, सानिमा बैंक, एनएमबी बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र हिमालय बैंक रहेका छन् । यसका साथै ग्राहकले आफ्नो ई–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि पाँच सय रुपैँयासम्मको विशेष छुट पाउन सक्ने दराजले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);